आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘कुनै पनि बेला गठबन्धन टुट्न सक्छ’

आइतबार, २० फागुन २०८०, १४ : ३०
आइतबार, २० फागुन २०८०

जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सत्ता गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधको भुमरीमा फसिरहेको भन्दै कुनै पनि बेला टुट्न सक्ने बताएका छन् । 

आइतबार धनुषामा आयोजित महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहमा सहभागी हुन पुगेका उपाध्यक्ष पौडेलले जनकपुर विमानस्थलमा सत्ता गठबन्धन आफ्नै अन्तर्विरोधका कारण जुनसुकै बेला टुट्न र फुट्न सक्ने टिप्पणी गरे । गठबन्धन भित्रको तमासा आफूहरूले हेरिरहेको भन्दै पौडेलले भने, ‘यो गठबन्धन आफैँ भित्रका समस्या र अन्तर्विरोधहरूले चर्मराइरहेको छ,कुनै पनि बेला यो टुट्न सक्छ ,फुट्न सक्छ ।’ 

तर,उनले गठबन्धन फुटाउन एमालेले चासो नदिएको जिकिर गरे । सत्ता गठबन्धन फुटिहाले एमालेले काँध थाप्छ कि थाप्दैन भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने÷नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन कुन रूपमा अगाडि बढ्छ हेरौँ न,’ पौडेलले भने । 

पौडेलले देशको विकासको बाधक नै अहिले गठबन्धन बनेको टिप्पणी गरे । ‘यो देशको अग्रगति र प्रगतिको लागि यो गठबन्धन प्रमुख बाधक बनेर उभिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप