चौतर्फी विरोधपछि ‘रङ्गेली’ले पायो सेन्सर प्रमाणपत्र
काठमाडौँ । ‘रङ्गेली’नाममा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको विषयमा चौतर्फी विरोध भएपछि आइतबार बिहान बोर्डले नै निर्मातालाई बोलाएर प्रमाणपत्र प्रदान गरेको छ ।
निर्देशक अर्जुन सुवेदीले स्थानीय निकायको स्वीकृति पत्र बिनै फिल्मलाई प्रमाणपत्र दिएको जानकारी दिए । फिल्मले पीजी सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स) प्राप्त गरेको छ । अर्थात् फिल्मलाई १६ वर्षभन्दा मुनिका दर्शकले अभिभावकको साथमा हेर्नुपर्नेछ । प्रमाणपत्र पाएसँगै अब ‘रङ्गेली’लाई प्रदर्शनको बाटो खुलेको छ ।
सेन्सरले फिल्मको आपत्ति जनाउँदै प्रमाणपत्र दिन अस्वीकार गरेपछि फिल्मकर्मीहरूले सामाजिक सञ्जालमार्फत् विरोध गरेका थिए । फिल्मकर्मीहरूको चर्को विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई सहज रूपमै प्रमाणपत्र दिएको हो ।
निर्देशक सुवेदी स्वयंको लेखन रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा आदिको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा तथा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने सह-निर्माताहरु युवक कार्की र शिव शङ्कर चौलागाईं हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण