शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा मोडिफाई गरिएको ६ सय ८१ मोटरसाइकलविरुद्ध प्रहरीको कारबाही

आइतबार, २० फागुन २०८०, २२ : ४३
आइतबार, २० फागुन २०८०

काठमाडौँ । कास्कीमा मोडिफाई गरेर चलाएको आरोपमा प्रहरीले ६८१ मोटरसाइकललाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालयको टोलीले अभियान नै सञ्चालन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा मोडिफाई गरिएका मोटरसाइकलविरुद्ध कारबाही सञ्चालन गरेको हो ।

भदौ २५ देखि कारबाही गरिएका मोटरसाइकलबाट जरिवाना बापत ७ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । स्वरूप परिवर्तन गरेर चलाइएको मोटरसाइकलहरू पटक–पटक कारबाहीमा परेमा त्यस्ता मोटरसाइकललाई प्रहरीले यातायात कार्यालय कास्कीमा पठाउने गरेको छ ।

पहिलोपटक त्रुटि फेला पारेमा चालकलाई मोडिफाई गरिएको सामान फेर्न लगाएर पुरानो स्वरूपमा फर्काएपछि प्रहरीले जरिवाना गरेर छाड्ने गरेको छ । स्वरूप परिवर्तन गरिएका ५९ थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर कारबाहीको प्रक्रियामा रहेको एसपी थापाले जानकारी दिए ।

अन्य मोटरसाइकल जरिवाना र स्वरूप पुरानो अवस्थामा फर्काएर चालकको जिम्मा लगाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप