कास्कीमा मोडिफाई गरिएको ६ सय ८१ मोटरसाइकलविरुद्ध प्रहरीको कारबाही
काठमाडौँ । कास्कीमा मोडिफाई गरेर चलाएको आरोपमा प्रहरीले ६८१ मोटरसाइकललाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालयको टोलीले अभियान नै सञ्चालन गरेर ध्वनि प्रदूषण गरेको आरोपमा मोडिफाई गरिएका मोटरसाइकलविरुद्ध कारबाही सञ्चालन गरेको हो ।
भदौ २५ देखि कारबाही गरिएका मोटरसाइकलबाट जरिवाना बापत ७ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । स्वरूप परिवर्तन गरेर चलाइएको मोटरसाइकलहरू पटक–पटक कारबाहीमा परेमा त्यस्ता मोटरसाइकललाई प्रहरीले यातायात कार्यालय कास्कीमा पठाउने गरेको छ ।
पहिलोपटक त्रुटि फेला पारेमा चालकलाई मोडिफाई गरिएको सामान फेर्न लगाएर पुरानो स्वरूपमा फर्काएपछि प्रहरीले जरिवाना गरेर छाड्ने गरेको छ । स्वरूप परिवर्तन गरिएका ५९ थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर कारबाहीको प्रक्रियामा रहेको एसपी थापाले जानकारी दिए ।
अन्य मोटरसाइकल जरिवाना र स्वरूप पुरानो अवस्थामा फर्काएर चालकको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण