भारतीय अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढ्ने प्रक्षेपण
नयाँ दिल्ली । यो वर्ष भारतको अर्थतन्त्र ६ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । विश्वव्यापी रेटिङ एजेन्सी मुडिजले सोमवार वृद्धि प्रक्षेपण यसअघिको ६ दशमलव १ प्रतिशतबाट बढाएर ६ दशमलव ८ प्रतिशतमा पुर्याएको हो ।
सन् २०२३ को आर्थिक तथ्याङ्क अपेक्षाकृत मजबुत रहेको अनि कारखाना क्षेत्रको गतिविधि बढिरहेको र पूर्वाधार क्षेत्रमा उच्च खर्चतर्फ औँल्याउँदै एजेन्सीले वृद्धि प्रक्षेपण बढाएको हो । मुडिज को पछिल्लो प्रक्षेपणअनुसार भारत जी–ट्वान्टी देशहरूमध्ये सबैभन्दा उच्च दरमा बढ्ने अर्थतन्त्र हुनेछ ।
सन् २०२३ को अन्तिम त्रैमासमा भारतको जीडीपी वार्षिक ८ दशमलव ४ प्रतिशतले बढेको थियो भने वर्षभरको वृद्धिदर ७ दशमलव ७ प्रतिशत थियो । सन् २०२५ मा भने भारतीय अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतले बढ्ने अनुमान मुडिज को छ ।
जीएसटी सङ्कलनमा भइरहेको वृद्धि, सवारी साधनको बिक्रीमा देखिएको बढोत्तरी, दोहोरो अङ्कले बढिरहेको ऋण आदि सबैले सहरी क्षेत्रमा उपभोक्ता माग लचिलो बनेको मुडिजको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण