बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ओली प्रचण्डलाई वामदेवको शुभकामना : वामपन्थी एकता गर्नुस्

सोमबार, २१ फागुन २०८०, १४ : २९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वामपन्थीहरूको नेतृत्वमा  सत्ता समीकरण निर्माण हुनु सकारात्मक भएको बताएका छन् । 

सोमबार कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि नेता गौतमले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए । साथै उनले तत्काल कार्यगत एकता गरे पनि आगामी दिनमा वामपन्थी एकता गर्ने गरी अघि बढ्नुपर्ने गौतमको भनाइ छ । 

‘नेपाली कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्र नेकपा एमालेसँगको गठबन्धनमा आउनु र वामपन्थीहरूको कार्यगत एकता हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य छ’, गौतमले रातोपाटीसँग भने,‘कांग्रेससँगको गठबन्धन राम्रा होला भनेर सोचिए पनि त्यसमा तुसारापात भएको बताए । उनले अव पछिल्लो समीकरणले वामपन्थी एकताको ढोका खुलेको बताए । वामपन्थी एकता सम्भव देख्नुहुन्छ भन्ने प्रश्नमा गौतमले भने, ‘यस्तो गर्न सक्ने अनि गर्नुपर्ने कुराचाहिँ नगर्ने भन्ने पनि हुन्छ ?’

उनले कार्यगत एकता गर्दै पार्टी एकता अनिवार्य भएको भन्दै त्यस दिशामा अघि बढ्न नेताहरूलाई सुझाव दिए । ‘म अहिले केपी र प्रचण्डबाट धेरै टाढा छु । तर म बाम एकता गर्नै पर्छ । यो कार्यगत एकता कुनै पनि हालतमा नटुटाउने र पछि पार्टी नै एकता गर्ने गरी जानुपर्छ त्यसमा मेरो ओली प्रचण्डलाई शुभकामना छ’, गौतमको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप