छोरा अपहरण गरेको भन्दै पैसा माग्ने तीन जना पक्राउ
धनुषा । छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उप महानगरपालिका–३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।
उनीहरूले गत फागुन ५ गते बिहान सप्तरी राजविराज नगरपालिका वडा नं. ७ बस्ने पीडितलाई ह्वाट्स एपबाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए । पीडितलाई विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरकफरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए ।
उनीहरूले ह्वाट्स एपको प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएको महतोको भनाई छ । यस विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो । पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको महतोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देवदहमा बस र मोटरसाइकल ठोक्किँदा दुई जना गम्भीर घाइते
-
१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
-
सरकार गठनको सय दिन पूराः केके भए उपलब्धि ? (हेर्नुहोस् पूर्णपाठ)
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण