नेपालमा करिब ४५ प्रतिशत औषधि आयात

काठमाडौँ । नेपालमा करिब ४५ प्रतिशत औषधि आयात हुने गरेको छ । औषधि गुणस्तर , मापदण्ड र कानुनी प्रावधान अन्तर्क्रिया कार्यक्रममा नेपालमा ४५ प्रतिशत आयात हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वस्थ सचिव डा. विकास देवकोटाले बताए ।
नेपाल हाल करिब ५५ प्रतिशत औषधिमा आत्मनिर्भर भएको बान्की औषधि आयतन गर्नुपर्ने उनले सुनाए ।
उनले नेपालमा औषधिमा नियमन गर्नका लागि औषधि उद्योगी, आयातकर्ता र निर्यातकर्ता, बिक्री वितरणकर्ता लगायतले योजना बनाउनुपर्ने सुझाएका छन् । "५ वर्षको साझेदार रोड म्यापको योजना बनाउन जरुरी छ," उनले भने "औषधि क्षेत्रमा आवश्यक मात्रमा अनुसन्धान हुन सकेको छैन, त्यस तर्फ उद्योगी साथीहरूले ध्यान दिनुपर्छ ।"
पछिल्लो समय देखिएका नयाँ-नयाँ रोकको लागि औषधिमा पाइन्छ भन्ने ढुक्क हुने वातावरण नभएको उनले सुनाए ।
औषधिको उत्पादनको कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने उद्योगीले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेन्जेमाको अल–ईत्तिहादले रोनाल्डोको अल–नासरलाई हरायो
-
म्याद थपपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम धमाधम (तस्बिरहरू)
-
जित्नैपर्ने दबाबबिच आपसमा भिड्दै दिल्ली र पञ्जाब
-
दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मिसुबिसीको ईभी बनाउने योजनामा आईफोन बनाइदिने कम्पनी
-
ठुलो व्यापार सम्झौताको घोषणा गर्ने ट्रम्पको तयारी