सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

सोमबार, २१ फागुन २०८०, १९ : ४९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–६, हुस्लाङ र बन्दीपुर गाउँपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखारहित बैंकिङ्ग सेवाको सङ्ख्या २७७ पुगेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप