आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दिनेश र रचनाको ‘लौननी’ मा रूपेश र करिश्माको ठुम्का

सोमबार, २१ फागुन २०८०

काठमाडौँ । गायन दिनेश श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘लौननी’ सार्वजनिक गरिएको छ । रूपेश दानीको शब्द रहेको गीतमा श्रेष्ठले नै संगीत भरेका हुन् ।

गीतको भिडिया निकै आकर्षक शैलीमा निर्माण भएको छ । भिडियोमा गीतकार रूपेशले मोडल करिश्मा ढकालसँग ठुम्का लगाएका छन् । 

विनोद बमको सम्पादन, मुकेश हुमागाईको छायांकन रहेको भिडियो भिडिओलाई अमन रानाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गायक श्रेष्ठकै युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोले दर्शक श्रोताले मन जित्ने गायक श्रेष्ठले बताए ।

यसअघि दिनेशका बरै, उलुलु, गैरी पिपल, सुपर गाडी, रानी हजुर, ए परदेशी लगायत दजनौं गीत लोकप्रिय छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया