शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘शिव शिव’ भन्दै नाचे विना र ईश्वर

मङ्गलबार, २२ फागुन २०८०, ०७ : १८
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । महाशिवरात्रि नजिकिँदै गर्दा शिवरात्रि लक्षित गीतसङ्गीत बजारमा भित्रिन थालेको छ । यस्तैमा गायिका गायिका रानी शाक्य र गायक नारायण बाबुले पनि शिवरात्रिका लागि भन्दै ‘शिव शिव’ बोलको गीत ल्याएका छन् ।

नारायण बाबुकै शब्द तथा सङ्गीत रहेको गीतमा शिव भगवानको महिमा चर्चा गरिएको छ । भिडियोमा मोडल विना राउत र ईश्वर बल्लभ उप्रेतीको अभिनय देख्न सकिन्छ ।

जीवन शाहीको निर्देशनमा तयार भएको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, टेकेन्द्र शाहको सम्पादन, सन्तोष राजबहाकको कोरियोग्राफी छ । भिडियोमा विना र ईश्वरले शिव लिङ्गको अगाडि उभिएर पूजा गरेका छन् । भिडियोमा शिव प्रतिको भक्तिभाव प्रष्ट झल्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप