बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाशुपत क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध

मङ्गलबार, २२ फागुन २०८०, १० : २२
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । शिवरात्रिको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपत क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ । फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गौशाला–मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै भागमा मदिराजन्य पदार्थ र अन्य नशालु पदार्थ बेच्न रोक लगाइएको छ ।

423541927_1712188879307190_2412448582270952762_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप