सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

नेपालले लियो नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय

मङ्गलबार, २२ फागुन २०८०, ११ : १५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा मंगलबार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल बिहान ११ः३० बजे सुरु हुनेछ । 

लिग चरणको खेलपछि अंक तालिकामा नेदरल्यान्ड्स पहिलो र नेपाल दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका हुन् । नामिबिया भने लिग चरणबाटै बाहिरिएको थियो ।

अघिल्ला दुवै खेलमा पराजित भएको नेपाली टोली पछिल्ला दुई खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै शृङ्खलाको फाइनलमा पुग्न सफल भएको थियो । 

आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो । 

आफ्नो तेस्रो खेलमा भने नेपालले नामिबियामाथि तीन रनको रोमाञ्चक जित हासिल गरेको थियो । लिग चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको थियो ।

नेदरल्यान्ड्स र नामिबियाबिच खेलिएको लिग चरणको अन्तिम खेल भने वर्षाका कारण अनिणर्ित रूपमा सकिएको थियो । अन्तिम खेल वर्षाले बिथोलिएपछि नामिबिया उपाधि होडबाट बाहिरिएको थियो । 

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने नवौँ आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका क्रममा यो शृंखला खेलिएको हो । 

नेपाल, नेदरल्यान्ड्स र नामिबिया आगामी विश्वकपमा छनोट भएका छन् । आगामी विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एउटै समूहमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप