प्रधानमन्त्री र महन्थ ठाकुरबिच भेटवार्ता, सरकारमा सहभागी हुन लोसपालाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग गरेको छलफलमा सो आग्रह गरेको सो पार्टीका सचिव मनिष मिश्रले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको उनको भनाइ थियो ।
त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।
लोसपा स्रोतका अनुसार अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘तपाईहरु सबै कुरा फाइनल गरिसकेपछि अन्त्यमा हामीलाई खोज्नु हुन्छ, अब हामी पार्टीमा छलफल गरेर जानकारी गराउँछौँ ।’
हिजो बसेको लोसपाको बैठकले सरकार तथा गठबन्धनको बारेमा निर्णय लिने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण