करिब २ हजार बोरा चिनी र केराउ बरामद
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका – १ बरुवाबाट फागुन २१ गते सशस्त्र प्रहरीले करिब २ हजार बोरा चिनी र केराउ बरामद गरेको छ । भारतबाट अवैध रूपमा ल्याइ गोदाम गरिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीले उक्त चिनी र केराउ बरामद गरेको हो ।
स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ रहेको छ । करिब ४५ लाख मूल्य भन्दा बढीको अनुमान गरिएको चिनी र केराउ सो ठाउँमा अवैध भण्डारण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा सप्लाइ गर्ने गरेको समेत बुझिएको छ ।
यसै गरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट फागुन २२ गते बिहान ६७ बोरा प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपले ल्याएर एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा नं. २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले ५० किलोको बोरामा रहेको उल्लेखित प्याज बरामद गरेको हो । बरामद चिनी,केराउ र प्याज आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण