शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

करिब २ हजार बोरा चिनी र केराउ बरामद

मङ्गलबार, २२ फागुन २०८०, १२ : ४४
मङ्गलबार, २२ फागुन २०८०

नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका – १ बरुवाबाट फागुन २१ गते सशस्त्र प्रहरीले करिब २ हजार बोरा चिनी र केराउ बरामद गरेको छ ।  भारतबाट अवैध रूपमा ल्याइ गोदाम गरिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण पश्चिम नवलपरासीले उक्त चिनी र केराउ बरामद गरेको हो ।           

स्थानीय श्याम भनिने ज्ञानु अर्यालको घर पछाडि गोदाममा लुकाइराखेको ५० र ३० किलोको बोरामा रहेको २ सय बोरा भन्दा बढी चिनी र १ हजार ७ सय बोरा भन्दा बढी केराउ रहेको छ । करिब ४५ लाख मूल्य भन्दा बढीको अनुमान गरिएको चिनी र केराउ सो ठाउँमा अवैध भण्डारण गरी नक्कली कागजपत्र बनाएर देशका विभिन्न ठाउँमा सप्लाइ गर्ने गरेको समेत बुझिएको छ ।

यसै गरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट फागुन २२ गते बिहान ६७ बोरा प्याज सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट अवैध रूपले ल्याएर एक घरमा लुकाई छिपाई राखिएको अवस्थामा नं. २६ गण पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले ५० किलोको बोरामा रहेको उल्लेखित प्याज बरामद गरेको हो । बरामद चिनी,केराउ र प्याज आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउने प्रक्रियामा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप