कर्णाली प्रदेश
कर्णालीमा सरकारलाई दिएको समर्थन कांग्रेसद्वारा फिर्ता
मङ्गलबार, २२ फागुन २०८०, १३ : ०७

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।
राजीनामासँगै पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अर्थमन्त्री बेदराज सिंहले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएकाे बताए। कर्णाली प्रदेश सभामा कांग्रेसका १४ सांसद रहेका छन् ।
कांग्रेसबाट अर्थ मन्त्रालयमा सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए। उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता