सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

कुशल मल्लले पेभेलियन फर्काए नेदरल्यान्ड्सका दुबै ओपनरलाई

मङ्गलबार, २२ फागुन २०८०, १४ : ०३
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले केही बलको अन्तरमा आफ्नो दुई विकेट गुमाएको छ । 

नेदरल्यान्ड्सको पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले डच टोलीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई २२ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । म्याक्सले २३ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । ८.१ ओभरमा म्याक्स आउट हुँदा नेदरल्यान्ड्सले ८३ रन बनाएको थियो ।

त्यसलगत्तै नेदरल्यान्ड्सका अर्का ओपनर माइकल लेभिट पनि पेभेलियन फर्किएका थिए । उनको विकेट पनि कुशल मल्लले लिएका हुन् । कुशल मल्लले उनलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि लेभिटले ५४ रन बनाएका थिए । उनले २९ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । ८.५ ओभरमा लेभिट आउट हुँदा डच टोलीले ८४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप