कुशल मल्लले पेभेलियन फर्काए नेदरल्यान्ड्सका दुबै ओपनरलाई
काठमाडौँ । त्रिकाणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको मंगलबार जारी फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले केही बलको अन्तरमा आफ्नो दुई विकेट गुमाएको छ ।
नेदरल्यान्ड्सको पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले डच टोलीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई २२ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराए । म्याक्सले २३ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए । ८.१ ओभरमा म्याक्स आउट हुँदा नेदरल्यान्ड्सले ८३ रन बनाएको थियो ।
त्यसलगत्तै नेदरल्यान्ड्सका अर्का ओपनर माइकल लेभिट पनि पेभेलियन फर्किएका थिए । उनको विकेट पनि कुशल मल्लले लिएका हुन् । कुशल मल्लले उनलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराए । पेभेलियन फर्किनुअघि लेभिटले ५४ रन बनाएका थिए । उनले २९ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काएका थिए । ८.५ ओभरमा लेभिट आउट हुँदा डच टोलीले ८४ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण