आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयमा दादुरा–रुबेलाको खोप केन्द्र नभए कहाँबाट लगाउने ?

मङ्गलबार, २२ फागुन २०८०, १४ : २४
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । सरकारले देशभर दादुरा–रुबेलाको खोप अभियान संचालन गरेको छ । विद्यालय, स्वास्थ्य केन्द्रलगायत विभिन्न स्थानबाट दादुरा–रुबेला खोप लगाउँदै आएको छ ।

तर विद्यालयमा दादुरा–रुबेला खोप नलगाइने भए पायक पर्ने अरु विद्यालय वा स्वास्थ्य संस्थाबाट यो खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै खोप केन्द्रबारे थाहा पाउन नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।

देशभर दादुरा–रुबेला खोप अभियान फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ । 

मन्त्रालयका अनुसार तराईका २१ र काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ । 

यस्तै यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइँदै छ । नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह गरेको छ । 

देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाउँदै छ मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ३६ लाख १२  हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाउन लागेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप