विद्यालयमा दादुरा–रुबेलाको खोप केन्द्र नभए कहाँबाट लगाउने ?
काठमाडौँ । सरकारले देशभर दादुरा–रुबेलाको खोप अभियान संचालन गरेको छ । विद्यालय, स्वास्थ्य केन्द्रलगायत विभिन्न स्थानबाट दादुरा–रुबेला खोप लगाउँदै आएको छ ।
तर विद्यालयमा दादुरा–रुबेला खोप नलगाइने भए पायक पर्ने अरु विद्यालय वा स्वास्थ्य संस्थाबाट यो खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै खोप केन्द्रबारे थाहा पाउन नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ ।
देशभर दादुरा–रुबेला खोप अभियान फाल्गुन १३ देखि चैत्र ७ गतेसम्म जारी रहने छ ।
मन्त्रालयका अनुसार तराईका २१ र काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ ।
यस्तै यस अभियानमा ५ वर्ष मुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइँदै छ । नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह गरेको छ ।
देशभरका ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाउँदै छ मन्त्रालयका अनुसार ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये ५ वर्षदेखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा–रुबेला खोपमा लगाउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण