किशोरीको हत्या प्रकरणमा प्रेमी पक्राउ
मङ्गलबार, २२ फागुन २०८०, १७ : १४
काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी छन् ।
गए राति धारिलो हतियार प्रयोग गरेर आरोपीले १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ ।
खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती दुई वर्षदेखि दाइ नातापर्नेको घरमा बसेर पञ्चायत माविमा ७ कक्षामा पढ्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण