सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौं प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ को दोस्रो दिन मंगलबार एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीष स्थानमा उक्लन सफल भएका छन् ।
डिफेन्डिङ च्याम्पियन सदभावले मंगलबार एक अन्डर ६७ को प्रदर्शन गरे । उनले समग्रमा तीन अन्डर एक सय ३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । एक अन्डर ६७ सहित समग्रमा दुई अन्डर एक सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए ।
पुर्वनम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगर समग्रमा एक अन्डर ३५ को नतिजामा संयुक्त रुपमा तेस्रो स्थानमा रहे । रविले मंगलबार दुई अन्डर ६६ र रामेले दुई ओभर ७० मा दोस्रो दिनको खेल टुंग्याए ।
दुई अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन पार एक सय ३६ सहित पाँचौँ स्थानमा रहेका छन् । समग्रमा दुई ओभर एक सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटी छैटौँ स्थानमा रहेका छन् ।
एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६ ओभर एक सय ४२ सहित संयुक्त रुपमा दोस्रो स्थानमा छन् । दुवैले मंगलबार तीन ओभर ७१ को स्कोर बनाए । उनीहरू लिडर सदभावभन्दा नौ स्ट्रोकले पछि रहेका छन् ।
३६ होलको समाप्तिमा १९ ओभर एक सय ५५ सम्म स्कोर गरेका २१ जना प्रोफेसनल र तीन एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजबाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णु प्रसाद शर्मा, प्रदीप कुमार लामा, टंक बहादुर कार्की, भुवन कुमार रोक्का, वसन्त राज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र