शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका श्रीषा कुँवरको गीत ‘त्यतिकै छोड’ सार्वजनिक

मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको ‘त्यत्तिकै छोड’ बोलको गीत सार्वजनिक गरिएको छ । गायिका श्रीषा मोडल पनि हुन् । उनले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

गीतमा शब्द संगीत जोन चाम्लिङको छ भने एरेन्ज केन्देन लिम्बुले गरेका छन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् ।

भिडियोमा तुला पर्वतको  छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । निर्देशक तुलाले यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्युजिक भिडियो छायांकन गरेर अन्तर्राष्ट्रिय बजारमा नेपाली गीत संगीतलाई पुर्‍याउने काम गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया