सरकारमा आउने दल निश्चित भएपछि मात्रै सिट बाँडफाँटको टुंगो लगाउने
काठमाडौँ । सत्ता गठबन्धनमा थपिने दलहरूको संख्या निश्चित भएपछि मात्र सिट बाँडफाँटको टुङ्गो लगाउने भएको छ । यस अघि सत्तामा रहेका नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले आन्तरिक छलफल गरेर निर्णय दिने भनेकाले भागबन्डामा प्रवेश नै नभएको कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
सिट बाँडफाँटका विषयमा टुंगो लगाउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बसेको थियो । साँझ ६ बजे प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठक स्थगित भएको थियो ।
साना दलहरूको निर्णय आएपछि कार्यदलको बैठक बस्ने श्रेष्ठले बताए । कार्यदलको बैठक धेरैबेर बसेन । सरकारमा आउन अन्य दलहरू पनि सकारात्मक छ्न् । उहाँहरूको निर्णय कुरेर बसेका छौँ । त्यसपछि मात्र बैठकको टुंगो लाग्छ', श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण