आफ्ना मन्त्री बर्खास्त गरिएपछि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी
बुधबार, २३ फागुन २०८०, ०९ : ०१
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राजनीतिक बदलावपछि फेरिएको राजनीतिक समीकरणपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने तयारीमा लागेको हो ।
फिर्ता लिन आज बिहान १० बजे माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए । उनले आजै सरकारलाई दिएको समर्थन फिर्ता जानकारी दिए ।
नयाँ राजनीतिक समीकरणपछि मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरी मन्त्रिमण्डल हेरफेर गरे । उनले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण