काँडेतारको प्रिमियरमा पूर्व प्रधानमन्त्री खनालले के भने ?
काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘काँडेतार’को मंगलबार प्रिमियर गरिएको छ । विश्वज्योती हल जमलमा गरिएको प्रिमियरमा पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, अभिनेता रवीन्द्र खड्का, निर्माता सुनिल कुमार थापा लगायत नेतादेखि रंगपत्रकारसम्मको बाक्लो उपस्थिति थियो ।
नवल खड्काको निर्देशन रहेको फिल्मले सीमा समस्याको विषय बोल्छ । फिल्मले नेपाल र भारतको खुल्ला सिमानामा काँडेतार लगाउनुपर्ने विषय उठान गरेको छ । फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रूपमा उठान गरेको भन्दै फिल्मको प्रशंसा गरेका थिए ।
फिल्म हेरेपछि पूर्व प्रधानमन्त्री झलनाथ खनालले फिल्म सबै नेपालीका लागि आवश्यक देखेको बताए । ‘म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु’, खनालले भने ‘यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् ।’ उनले काँडेतार राष्ट्रियताले भरिएको फिल्म भएकोले सबै नेपालीले हेर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारेको बताए । फिल्मलाई विभिन्न शक्तिहरूले रोक्ने खेल भइरहेको उनको धारणा थियो ।
नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय फिल्ममा छ ।
सामना फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण