आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निताको ‘चुप चाप’मा शर्मिलाको अभिनय

बुधबार, २३ फागुन २०८०, १२ : ४२
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुष्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज गीतमा छ ।

गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुष्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायाङ्कन रहेको भिडियो किरण श्रेष्ठले निर्देशन गरेको हुन् । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दर्शक श्रोताका लागि राम्रो गीत र भिडियो ‘चुप चाप’ मार्फत दिने प्रयास आफूले गरेको गायिका आचार्य बताइन् । आचार्यका यसअघि ‘जिन्दगी, झिमझिम परेली, गरिदेऊ बिदा, मनको धोको’ जस्ता लोकप्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप