नयाँ समीकरण
एमाले रघुवीरको नेतृत्वमा सरकारमा जाने
शपथको तयारीबिच जनकपुरबाट काठमाडौँ आइपुगे
बुधबार, २३ फागुन २०८०, १४ : ०९
काठमाडौँ । नेकपा एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।
स्रोतका अनुसार एमालेबाट ७ जना मन्त्री सरकारमा सहभागी हुनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।
अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेलसहित अहिले कार्यक्रममा सहभागी हुन बाग्लुङ पुगेका छन् । उनी फर्किए लगत्तै शपथ हुन सक्ने भनेर ‘स्ट्यान्ड बाई’ बस्न महासेठ लगायतका नेताहरूलाई खबर छाडेका छन् । यस्तो खबर पाएपछि महासेठ अहिले भर्खरै जनकपुरबाट काठमाडौँ ओर्लेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण