सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सदभाव शीर्ष स्थानमा कायमै

काठमाडौँ । एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ को तेस्रो दिन बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा बुधवार साविक विजेता युवा गल्फर सदभावले चार अन्डर ६४ को उत्कृष्ट प्रदर्शन गरे । उनले समग्रमा सात अन्डर एकसय ९७ स्कोरसहित पूर्व नम्बर एक गल्फर रवि खड्कालाई तीन स्ट्रोकले पछि पारे ।
रविले बुधबार तीन अन्डर ६५ स्कोर गरे । उनी समग्रमा चार अन्डर दुई सय स्कोरसहित दोस्रो स्थानमा उक्लिए । भुवन नगरकोटीले बुधबार दिनकै उत्कृष्ट स्कोर कार्ड तयार पार्ने क्रममा पाँच अन्डर ६३ स्कोर गरे । उनी समग्रमा तीन अन्डर दुईसय एक स्कोरसहित तेस्रो स्थानमा उक्लिए ।
धनबहादुर थापाले बुधबार इभन पार ६८ मा खेल टुंग्याए । उनी समग्रमा दुई अन्डर दुई सय दुई स्कोरसहित चौथो स्थानमा झरे । भेट्रान प्रो दीपक मगरले भने तीन अन्डर ६५ मा तेस्रो दिनको खेल टुंग्याए । उनी समग्रमा इभन पार दुई सय चारको नतिजामा पाँचौँ स्थानमा उक्लिए ।
समग्रमा दुई ओभर दुई सय ६ स्कोरसहित सञ्जय लामा छैटौँ स्थानमा छन् । उनले बुधबार एक अन्डर ६७ मा खेल टुंग्याए । चार अन्डर ६४ को उत्कृष्ट नतिजासहित विष्णुप्रसाद शर्मा सातौँ स्थानमा उक्लिए । उनले समग्रमा तीन ओभर दुई सय सात स्कोर बनाएका छन् ।
एमेच्योर टासी छिरिङ र प्रो रामे मगर समग्रमा चार ओभर दुई सय आठ स्कोरसहित आठौँ स्थानमा छन् । टासीले बुधबार दुई अन्डर ६६ मा खेल टुंग्याए । उनी एमेच्योरतर्फ दोस्रो स्थानमा छन् । पहिलो दिनका लिडर रामेले बुधबार पाँच ओभर ७३ को खराब प्रदर्शन गरे ।
समग्रमा पाँच ओभर दुई सय नौ स्कोरसहित भुवनकुमार रोक्का, जयराम श्रेष्ठ र दिनेश प्रजापतिले १०औँ स्थान बाँडे । भुवनले चार अन्डर ६४, जयरामले तीन ओभर ७१ र दिनेशले पाँच ओभर ७३ स्कोरमा खेल टुंग्याए ।
चार दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । कुल पाँच लाख ७२ हजार दुई सय ५० नगद पुरस्कार राशी रहेको उक्त प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
यसैगरी दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ६७ हजार र ४८ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन । चौथो हुनेलाई ४० हजार र पाँचौँ हुनेलाई ३६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । कट बनाएका २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली
-
बागमती सफाइ महाअभियान १३ औँ वर्ष प्रवेश
-
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
-
चलचित्र ‘जनै हराएको बाहुन’ भदौ ६ गते प्रदर्शन हुने
-
१० बजे १० समाचार : गभर्नरको विषय गठबन्धनलाई नै भारी पर्दै, सिंहदरबारमा बालेन शाहको खोजी
-
एनआरएनएसम्बन्धी परमादेश कार्यान्वयन भएको भन्दै सर्वोच्चलाई परराष्ट्रको पत्र