१५० करोडको लगानीमा नेपालमा होण्डाको असेम्ब्ली प्लान्ट स्थापना
बुधबार, २३ फागुन २०८०, १८ : ५१
काठमाडौँ । होण्डाका दुइ पाङ्ग्रे सवारीको असेम्ब्ली अब नेपालमै हुने भएको छ। होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले मंगलबार भैरहवामा होण्डाको 'असेम्ब्ली प्लान्ट'को उद्घाटन गरेका हुन् ।
उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरुको उपस्थिति थियो। १५० करोडको लगानीमा २ लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले १ लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।
होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लिले असेम्ब्ली प्लान्टको स्थापनासँगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रा.लि.मार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङको सेवा झनै सहज र सुलभ हुने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण