मन्त्रीमण्डल विस्तार
उपप्रधान तथा भौतिक मन्त्री महासेठद्वारा पदभार ग्रहण
बुधबार, २३ फागुन २०८०, २० : ५२

काठमाडौँ । नवनियुक्त भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठले पदभार ग्रहण गरेका छन् । बुधवार शितल निवासमा शपथ ग्रहण गरेलगत्तै महासेठले सिंहदबारस्थित मन्त्रालय पुगेर पदभाभर ग्रहण गरेका हुन् ।
नेकपा एमालेका प्रभावशाली नेता महासेठ यसअघि उपप्रधान र परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सिञ्चाई मन्त्रीको भूमिकामा रहेका थिए । २०१८ सालमा धनुषामा जन्मिएका महासेठले सिभिल इन्जिनियरिङमा स्नातक तह सम्मको अध्ययन गरेका छन् ।
२०३३ सालमा नेकपा मालेको सदस्यता लिएर उनले राजनीति थालेका थिए । हालसम्म उनी धनुषा जिल्लाबाट ३ पटक प्रतिनिधिसभामा निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?
-
सरकारको बेरुजु ७३३ अर्ब नाघ्यो, एकैवर्ष थपियो ६३ अर्ब २८ करोड थप
-
छायाँंछवी डि सिने अवार्ड : कसलाई कुन अवार्ड ?
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा