राजनीति
काविल र क्षमतावान कर्मचारीलाई अवसर दिने गृहमन्त्री लामिछानेको घोषणा
बुधबार, २३ फागुन २०८०, २१ : २२
काठमाडौँ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभर हडपिएको सरकारी सम्पति फिर्ता गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । बुधबार राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरवार पुगेर मन्त्री लामिछानेले पद बहालीपछि गृहमन्त्रालयमा धेरै चुनौती रहेको भन्दै आफ्नो पहिलो काम हडपिएका सरकारी सम्पत्ति सरकारको मातहतमा ल्याउने बताएका हुन् । त्यसका लागि उनले सुक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता जरुरी रहेको र सोहीअनुसार अपराध अनुसन्धानमा खटिन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले आफ्नो मन्त्रालय मातहतका कर्मचारी र आफ्नो समेत कार्यशैलीमा परिवर्तन गर्ने बताउँदै काविल र क्षमतावान कर्मचारीलाई अवसर दिइने बताए । अपराधीलाई बचाएर नभई समाएर प्रमोशन गरिने भन्दै उनले आफ्नो ध्यान शान्ति सुरक्षा र अपराध नियन्त्रणमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण