शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाहरुको रोजाइमा टाटा टियागो ईभी

बुधबार, २३ फागुन २०८०, २१ : ५९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । टाटा मोटर्सको टाटा टियागो ईभी नेपाली महिलाहरुको पहिलो रोजाइ बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, ठुलो स्क्रिनले गर्दा रिभर्स गर्न र पार्किङ्गका लागि सहज हुने, सीटहरूको उचाइ मिलाएर उकालोमा सजिलै चलाउन सकिने, किफायती र वातावरण मैत्री भएका कारण पनि यस गाडी महिलाहरुको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाई छ । 

टाटा ईभी यसको मूल्य तथा साइज कारण पनि महिला ग्राहकहरु यसमा आकर्षित भएको कम्पनीको जानकारी दिएको छ । टाटा आफैमा प्रतिष्ठित तथा विश्वसनिय ब्राण्ड भएको र भारतमा निर्मित यस गाडी भौगोलिक हिसावले पनि नेपालका लागि उपयुक्त रहेको छ । ‘टियागो इभिको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ । दैनिक तथा व्यक्तीगत कामकाजका लागि अत्यन्तै उपयुक्त यस गाडीको माग नेपाली बजारमा दिन प्रतिदिन बढ्दै गइरहेको छ,’ कम्पनीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप