बाँकेमा लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु
बिहीबार, २४ फागुन २०८०, १० : २९
बुटवल । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गए राति ५-७ जनाको समूहमा लुटपाटका लागि आएकालाई प्रतिकार गर्ने क्रममा जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लुटेरा समूहले उनलाई चिर्पटले आक्रमण गरेका थिए ।
बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएको बताए । लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
खजुरा रोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको बताइएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण