कांग्रेसले भन्यो– प्रधानमन्त्री प्रचण्डबाट राजनीतिक बेइमानी भयो

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । बिहीबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं । तदअनुसार नै काम गरौं । प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’
प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै साथै कांग्रेस सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए । ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं । यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनी भन्छन् ।
अब कांग्रेसले संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने लेखकले बताए । आफ्ना सांसदलाई रचनात्मक रुपमा भूमिका निर्वाह गर्न दलको बैठकले निर्देशन दिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएपछि सोमबार कांग्रेस सरकारबाट बाहिरिएको थियो ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । उक्त निर्णयलाई आज दलको बैठकले पनि अनुसरण गरेको लेखकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविमाथि प्रश्न उठेपछि आन्तरिक छलफलमा रास्वपा
-
कोशीको बजेट इतिहास : कहिले कति बजेट आयो ?
-
‘प्रदेश सरकारले घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ’
-
पश्चिमी मरुभूमिमा नयाँ तेल खानी भेटिएको इजिप्टको घोषणा
-
इजिप्ट एयरद्वारा लेबनान, जोर्डन र इराकका उडानहरू रद्द
-
नवनियुक्त सदस्य सचिवद्वारा पदभार ग्रहण, खेलकुद विकासमा डटेर लाग्ने प्रतिबद्धता