सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेरो पतनमा चीन र अन्य मुलुकहरूको भू–राजनीतिक जिम्मेवार : पूर्वराष्ट्रपति राजपक्षे

बिहीबार, २४ फागुन २०८०, १५ : ५६
बिहीबार, २४ फागुन २०८०

कोलम्बो । श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबिचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेवार रहेको दाबी गरेका छन् । बिहीबार पुस्तक विमोचन गर्दै उनले आफ्नो बर्खास्तको लामो मौनतालाई अन्त्य गरेका हुन् । 

टापु मुलुक श्रीलङ्काको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि  अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले सरकारको आर्थिक नीतिहरूको बचाउ गरे । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो । 

यसको सट्टा उनका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्त्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले सत्ताबाट हटाइएको हो । “मलाई सत्ताबाट हटाउनका लागि चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ”, उनले भने ।

राजपक्षेले निश्चित मुलुकहरूको नाम नलिएर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएका थिए ।  

पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दाबी गरेका छन् । 

बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलङ्काको सबैभन्दा ठुलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ । -(रासस/एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप