रविले जिते सूर्य नेपाल च्यालेन्जको उपाधि
काठमाडौँ । साविक विजेता एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरले पछि पार्दै नेपालका पूर्व नम्बर एक खेलाडी रवि खड्काले सूर्य नेपाल गल्फ टुर–२०२३/२४ अन्तर्गतको पाँचौँ प्रतियोगिता ‘सूर्य नेपाल च्यालेन्ज’ को उपाधि जितेका छन् ।
रविले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन् । सन् २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेयता यो उनको पहिलो उपाधि हो । उनको यो सूर्य नेपाल टुरको १२औँ उपाधि पनि हो । उपाधिसहित उनले नगद एक लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरे ।
लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन बिहीबार ६ ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए । सदभावले समग्रमा एक अन्डर दुई सय ७१ को स्कोरमा चित्त बुझाए । उनले एमेच्योरतर्फको उपाधि भने जिते । एमेच्योरतर्फ समग्रमा सात ओभर दुई सय ७९ को स्कोरसहित टासी छिरिङ दोस्रो भए । उनले बिहीबार तीन ओभर ७१ मा खेल टुंग्याए ।
समग्रमा एक ओभर दुई सय ७३ स्कोरसहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धनबहादुर थापाले संयुक्त रुपमा दोस्रो स्थान बाँडे । दिनेशले बिहीबार चार अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले एक ओभर ६९ र धनले तीन ओभर ७१ को स्कोर खडा गरे । उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
रामे मगर बिहीबार इभन पार ६८ खेल्दै समग्रमा चार ओभर दुई सय ७६ सहित पाँचौं स्थानमा रहे । उनले ३६ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । समग्रमा पाँच ओभर दुई सय ७७ को नतिजासहित भुवन नगरकोटी, सञ्जय लामा, भुवनकुमार रोक्का र जयराम श्रेष्ठले संयुक्त रुपमा छैटौं स्थान बाँडे । उनीहरूले २७ हजार आठ सय ७५ पुरुपैयाँ पुरस्कार पाए । रमेश अधिकारी दशौँ भए । उनले २१ हजार रुपैयाँ प्राप्त गरे ।
७२ होलको चार दिने प्रतियोगिताको कुल पुरस्कार राशी पाँच लाख ७२ हजार दुई सय ५० रुपैयाँ रहेको थियो । प्रतियोगितामा कूल ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पीजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण