बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस

बिहीबार, २४ फागुन २०८०, २१ : ३५
बिहीबार, २४ फागुन २०८०

मस्को । हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभले टिप्पणी गरेका छन् । युरोपमा जारी  सैन्य  अभ्यास ‘रूससँग सशस्त्र टकरावको परिदृश्य’ जस्तो प्रतीत हुने पात्रुशेभले उल्लेख गरेका छन् ।

‘वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन्  र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,’ उनले टिप्पणी गरे ।

सुरक्षा सचिव पात्रुशेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा ‘वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको’ बताए । नेटो ब्लकले एशिया–प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उनको धारणा छ ।

पात्रुशेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन्, जसले ती देशहरूको ‘बढ्दो आक्रामक प्रकृति’ झल्काउने बताएका छन् ।

‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ।  करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौं पछिको ठूलो युद्ध खेल हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप