नेटो अभ्यासले तनाव निम्त्याउँछ : रुस
मस्को । हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभले टिप्पणी गरेका छन् । युरोपमा जारी सैन्य अभ्यास ‘रूससँग सशस्त्र टकरावको परिदृश्य’ जस्तो प्रतीत हुने पात्रुशेभले उल्लेख गरेका छन् ।
‘वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,’ उनले टिप्पणी गरे ।
सुरक्षा सचिव पात्रुशेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा ‘वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको’ बताए । नेटो ब्लकले एशिया–प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उनको धारणा छ ।
पात्रुशेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन्, जसले ती देशहरूको ‘बढ्दो आक्रामक प्रकृति’ झल्काउने बताएका छन् ।
‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ। करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौं पछिको ठूलो युद्ध खेल हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण