सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख ४ हजारको हात खाली
शुक्रबार, २५ फागुन २०८०, ११ : १५
काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । पहिलो पटक बुक विलडिङ विधिमार्फत जारी भएको आईपीओमा ५५ हजार ५२१ जनाले कम्पनीको सेयर हात पारेका छन् ।
कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ जारी गरेको थियो । जसमा तोकिएको अन्तिम दिनसम्म ९ लाख ६० हजार ३०१ जना कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए ।
शुक्रबार गोला प्रथामार्फत भएको सेयर बाँडफाँडमा ५५ हजार ५२१ जनाले आईपीओ पाएका हुन् । जसमध्ये २६ जनाले ५१÷५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।
कूल आवेदक मध्ये १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ ।
कूल आवेदनको संख्याबाट आईपीओ पाउनको संख्या घटाउँदा ९ लाख ४ हजार ७८० जनाको हात खाली हुन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण