शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, ९ लाख ४ हजारको हात खाली

शुक्रबार, २५ फागुन २०८०, ११ : १५
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । पहिलो पटक बुक विलडिङ विधिमार्फत जारी भएको आईपीओमा ५५ हजार ५२१ जनाले कम्पनीको सेयर हात पारेका छन् । 

कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ जारी गरेको थियो । जसमा तोकिएको अन्तिम दिनसम्म ९ लाख ६० हजार ३०१ जना कम्पनीको आईपीओका लागि आवेदन दिएका थिए ।

शुक्रबार गोला प्रथामार्फत भएको सेयर बाँडफाँडमा ५५ हजार ५२१ जनाले आईपीओ पाएका हुन् । जसमध्ये २६ जनाले ५१÷५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् । 

कूल आवेदक मध्ये १ हजार ३४२ जनाको आवेदन रद्द भएको छ । 

कूल आवेदनको संख्याबाट आईपीओ पाउनको संख्या घटाउँदा ९ लाख ४ हजार ७८० जनाको हात खाली हुन पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप