विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला
काठमाडौं । काठमाडौँसहित विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार
काठमाडौं- गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दा माथी शिवपुरी राष्ट्रिय निकुन्ज जंगलमा सोही नगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मा लामा मृत अवस्थामा फेला परेकी छिन् ।
धनकुटा- महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस्थित खोल्सीमा भोजपुर अरूण गाउँपालिका-६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई मृत अवस्थामा फेला परेका छन् ।
मोरङ- रंगेली नगरपालिका-२ जुलेबी टोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।
सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका-८ आङपाङस्थित फोक्ते खोलामा सोही नगरपालिका-१० लुम्सा बस्ने ४४ वर्षीय जाङ्बु शेर्पा मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक- चौतारा सागाँचोकगढी नगरपालिका-१३ ठुलोसिरूबारी बस्ने ८४ वर्षीय जित बहादुर श्रेष्ठ सोही ठाउँस्थित खेतबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी- मुसिकोट नगरपालिका-७ ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका-४ फेदी बडिगार्ड खोलाको घाटमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
कैलाली- भजनी नगरपालिका-८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण