शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला

शुक्रबार, २५ फागुन २०८०, १५ : ४५
शुक्रबार, २५ फागुन २०८०

काठमाडौं  । काठमाडौँसहित विभिन्न स्थानमा ७ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार 
काठमाडौं- गोकर्णेश्वर नगरपालिका-३ तारेभिर भन्दा माथी शिवपुरी राष्‍ट्रिय निकुन्ज जंगलमा सोही नगरपालिका-३ बस्ने १८ वर्षीया शुस्मा लामा मृत अवस्थामा फेला परेकी छिन् । 
धनकुटा- महालक्ष्मी नगरपालिका-५ मिलनचुङ काल्लेस्थित खोल्सीमा भोजपुर अरूण गाउँपालिका-६ बस्ने ४४ वर्षीय लोकेन्द्र राई मृत अवस्थामा फेला परेका छन् । 
मोरङ- रंगेली नगरपालिका-२ जुलेबी टोल बस्ने ४० वर्षीया शान्ती आचार्य आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । 
सोलुखुम्बु- सोलुदुधकुण्ड नगरपालिका-८ आङपाङस्थित फोक्ते खोलामा सोही नगरपालिका-१० लुम्सा बस्ने ४४ वर्षीय जाङ्बु शेर्पा मृत अवस्थामा फेला परेका छन् ।     
सिन्धुपाल्चोक- चौतारा सागाँचोकगढी नगरपालिका-१३ ठुलोसिरूबारी बस्ने ८४ वर्षीय जित बहादुर श्रेष्ठ सोही ठाउँस्थित खेतबारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
गुल्मी- मुसिकोट नगरपालिका-७ ढाव बस्ने ६६ वर्षीया कुमारी सापकोटा मुसिकोट नगरपालिका-४ फेदी बडिगार्ड खोलाको घाटमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसो घरबाट हिँडेकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । 
कैलाली- भजनी नगरपालिका-८ जनकपुर बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप