मन्त्री दम्पतीलाई बालकोटमा ओलीको ‘हाइ-टी’, लोभबाट जोगिन निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार साँझ पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई दम्पतीसहित बालकोट बोलाएर राम्रो काम गर्न निर्देशन दिएका हुन् ।
‘राम्रोसँग काम गर्नु । राम्रो डेलिभरी दिनुपर्छ । राम्रो कुरा सुन्न पाउँ,’ एक मन्त्रीले ओलीको भनाई उदृत गर्दै रातोपाटीलाई भने । फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्री सरकारमा सहभागी छन् ।
सचिव महासेठ उपप्रधान तथा भौतिक ,पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्री छन् ।
ओलीले आफ्नो निवासमा दम्पतीसहित बोलाइएका मन्त्रीहरुलाई ‘हाइ-टी’ पनि दिएका थिए । मन्त्री भएपछि लोभ पलाउने भन्दै विभिन्न कुराहरूबाट जोगिएर काम गर्न ओलीको निर्देशन थियो । ‘मन्त्री भएपछि मन्त्री मात्र होइन मन्त्रीको परिवार पनि गाँसिएको हुन्छ । कता के हुन्छ ? लोभ पलाउँछ । कुन्नी के हुन्छ ? त्यस्तो कुराहरूबाट जोगिएर मेरो ठुलो जिम्मेवारी छ भन्ने कुरा बुझेर काम गर्नुहोला,’ मन्त्रीहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले भनेका थिए ।
एमालेका आठ जना मन्त्रीमध्ये कृषि मन्त्री साह मात्र एक्लै बालकोट पुगेकी थिइन् भने बाँकी सात जना मन्त्री दम्पतीसहित पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु