अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । ढकालले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।
उनले भने, ‘हामी आग्रह गर्दछौँ, कमसे कम इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ राम्रो हुन्छ । देश रह्यो भने, व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।’
उनले चैत्र २८ गतेको महासंघको साधारणसभामा राजनीतिक दलका अध्यक्ष, पूर्वप्रधानमन्त्री र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैको प्रतिनिधित्व हुने गरी एउटा कार्यक्रम गर्न लागेको बताए । उनले निजी क्षेत्रका आर्थिक एजेन्डालाई सबै राजनीतिक दलले प्रतिबद्धता जनाउनुपर्ने बताए ।
अध्यक्ष ढकालले सरकारले बाइलेट्रल इन्भेष्टमेण्ट एग्रिमेण्ट (बिपा) छिटो पास गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण