सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भीड हेरेर मात्र निर्णय गर्ने प्रवृत्ति हाबी भयो : झाँक्री

शनिबार, २६ फागुन २०८०, १७ : २८
शनिबार, २६ फागुन २०८०

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले सोही किसिमको भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन् । शनिबार काठमाडौँमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तव्य’ नामक कार्यक्रममा उनले ठुलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन् । 

उनले भनिन्, ‘आज यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ । यो एकदमै गलत छ । महिलाको अधिकारलाई अक्षुण्ण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यही भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैन? अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गरौँ ।’

उनले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठुलो उपलब्धि प्राप्त भएको बताइन् । देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरेर मात्र निर्णय गर्ने र  निवेदन लिने प्रवृत्ति हाबी भएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप