पोखरेली युवा सांस्कृतिक परिवारलाई १ लाख राशिको पुरस्कार
पोखरा । पोखरामा रहेको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाप) लाई सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार प्रदान गरिएको छ । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको उक्त पुरस्कार यो वर्ष पोयुसापलाई प्रदान गरिएको हो । पुरस्कारको राशि १ लाख नगद छ ।
पोखराका मेयर धनराज आचार्यले पोयुसापका अध्यक्ष उपेन्द्र पौडेललाई पुरस्कार हस्तान्तरण गरे । आचार्यले पोयुसाप पोखराको ब्राण्ड रहेकाले यसको थप प्रचार आवश्यक रहेको बताए । ‘एक शताब्दीपुरुषको नाममा स्थापित पुरस्कार झण्डै आधा शताब्दी पुरानो संस्थालाई प्रदान गरिएको छ । यो खुसीको कुरा हो,’ उनले भने, ‘पोयुसापले पोखराको गरिमालाई उचो बनाएको छ ।’
२०५५ सालमा स्थापित उक्त पुरस्कार २०६३ देखि प्रत्येक ३ वर्षमा प्रदान गर्न थालिएको हो । यसअघि फत्तेमान राजभण्डारी, सत्यमोहन जोशी, अम्बर गुरुङ, प्रेमध्वज प्रधान र जगमान गुरुङ सम्मानित भइसकेका छन् । भैरव सांस्कृतिक संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानांगले पोखरालाई साहित्य, संस्कृति र कलाको राजधानी बनाउन पोयुसापले प्रशंसनीय कार्य गरेकाले पुरस्कार अर्पण गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण