'माया माया हो'मा मानसराज र गीताको रोमान्स

काठमाडौँ । भाइरल भइदियो बोलको गीतका गायक मानसराज बोहराको नयाँ गीत 'माया माया हो'को गीत सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर मानसराजकै रहेको गीतका एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाइएको छ । भिडियोमा मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् । आफूले मन पराएकी मायालुलाई लुकी लुकी चाहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् ।
गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले बताए । भिडियोमा छायाङ्कन पवन शिस्लुगं, सम्पादन प्रविन भट्टको छ । भिडियो गायक स्वयमकै अफिसियल च्यानल मानसराज अफिसियलबाट बजारमा आएको हो । मानसराज गायनका अलावा थिएटर अभिनयमा पनि देखिँदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाइलो, ‘डायरी’को माया मायामा, भाइरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा लागेपछि त्रासमा बस्छन् वाग्मती किनारका बासिन्दा
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता