'माया माया हो'मा मानसराज र गीताको रोमान्स
काठमाडौँ । भाइरल भइदियो बोलको गीतका गायक मानसराज बोहराको नयाँ गीत 'माया माया हो'को गीत सार्वजनिक गरिएको छ । शब्द, संगीत र स्वर मानसराजकै रहेको गीतका एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।
गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाइएको छ । भिडियोमा मोडल गीता ढुंगानासँग गायक स्वयमले रोमान्स गरेका छन् । आफूले मन पराएकी मायालुलाई लुकी लुकी चाहाउने प्रेमीको कथालाई निर्देशक विष्टले कलात्क शैलीमा भिडियोमा वर्णन गरेका छन् ।
गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरको बताउँदै गायक मानसराजले बताए । भिडियोमा छायाङ्कन पवन शिस्लुगं, सम्पादन प्रविन भट्टको छ । भिडियो गायक स्वयमकै अफिसियल च्यानल मानसराज अफिसियलबाट बजारमा आएको हो । मानसराज गायनका अलावा थिएटर अभिनयमा पनि देखिँदै आएका छन् । फिल्म ‘रेशम फिलिलि’को पारि त्यो डाडामा हेर घाम लाग्यो घमाइलो, ‘डायरी’को माया मायामा, भाइरल भैदियो, हिरो , लैलै राजकुमारी लगायतका मानसराजका गीत चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण