युट्युब र नेटफ्लिक्सलाई टक्कर दिन एक्स टिभी एप ल्याउँदै मस्क
क्यालिफोनिर्या । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सले स्मार्ट टिभी लन्च गर्दै छ । एक्सका मालिक अमेरिकी खर्बपति व्यापारी एलन मस्कले गुगलको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब र ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई टक्कर दिने तयारीमा छन् । मस्कले शनिवार यसको घोषणा गरेका थिए ।
डज डिजाइनर नाम गरेको एक जना एक्स युजरले ‘तपाईले एक्समा भएका लामा भिडियोहरूलाई छिट्टै सिधै आफ्नो स्मार्ट टिभीमा हेर्न सक्नु हुन्छ’ भनेर लेखेका थिए । यसको जवाफमा मस्कले ‘कमिङ सुन’ लेखेका थिए । टेस्ला र स्पेसएक्सको समेत सीईओ रहेका मस्कले शनिवार एक्समा पोस्टहरू गरेका थिए । एउटा पोस्टमा उनले फोनमा रहेको भिडियोहरू टिभीमा हेर्न एप्पल एयरप्लेको प्रयोग गर्न सकिन्छ भनेर भनेका थिए ।
यस अघि शुक्रवार एक्सले आर्टिकल्स फिचर सार्वजनिक गरेको थियो । प्रिमियम युजर र एक्सको सर्भिसका लागि पेमेन्ट गर्नेहरूले यस प्लेटफर्ममा स्टाइलिस्ड टेक्स्ट, एम्बेडेड इमेज र भिडियोको साथमा आर्टिकल पोष्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार आर्टिकल एक्समा लामा लामा लिखित कन्टेन्ट शेयर गर्ने नयाँ तरिका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण