बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

युट्युब र नेटफ्लिक्सलाई टक्कर दिन एक्स टिभी एप ल्याउँदै मस्क

आइतबार, २७ फागुन २०८०, ११ : १७
आइतबार, २७ फागुन २०८०

क्यालिफोनिर्या । अमेरिकी माइक्रो ब्लगिङ वेबसाइट एक्सले स्मार्ट टिभी लन्च गर्दै छ । एक्सका मालिक अमेरिकी खर्बपति व्यापारी एलन मस्कले गुगलको भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब र ओटीटी प्लेटफर्म नेटफ्लिक्सलाई टक्कर दिने तयारीमा छन् । मस्कले शनिवार यसको घोषणा गरेका थिए ।

डज डिजाइनर नाम गरेको एक जना एक्स युजरले ‘तपाईले एक्समा भएका लामा भिडियोहरूलाई छिट्टै सिधै आफ्नो स्मार्ट टिभीमा हेर्न सक्नु हुन्छ’ भनेर लेखेका थिए । यसको जवाफमा मस्कले ‘कमिङ सुन’ लेखेका थिए । टेस्ला र स्पेसएक्सको समेत सीईओ रहेका मस्कले शनिवार एक्समा पोस्टहरू गरेका थिए । एउटा पोस्टमा उनले फोनमा रहेको भिडियोहरू टिभीमा हेर्न एप्पल एयरप्लेको प्रयोग गर्न सकिन्छ भनेर भनेका थिए ।

यस अघि शुक्रवार एक्सले आर्टिकल्स फिचर सार्वजनिक गरेको थियो । प्रिमियम युजर र एक्सको सर्भिसका लागि पेमेन्ट गर्नेहरूले यस प्लेटफर्ममा स्टाइलिस्ड टेक्स्ट, एम्बेडेड इमेज र भिडियोको साथमा आर्टिकल पोष्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार आर्टिकल एक्समा लामा लामा लिखित कन्टेन्ट शेयर गर्ने नयाँ तरिका हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप