मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

झन् बलियो बन्दै डलर, नेपाली रुपैयाँको भाउ १.०५ प्रतिशतले खस्कियो

आइतबार, २७ फागुन २०८०, १७ : ३३
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा नेपाली रुपैयाँ डलरसँग १ प्रतिशत बढीले अवमूल्यन भएको छ । २०८० असार मसान्तको तुलनामा २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१८ प्रतिशतले अवमूल्यन भएको थियो ।  २०८० माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर १३१ रुपैयाँ १७ पैसा रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप