सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र पुल चाँडो बनाउन भन्दै समाजवादी मोर्चा रुकुमले बुझायो ज्ञापनपत्र

आइतबार, २७ फागुन २०८०, १७ : ३९
आइतबार, २७ फागुन २०८०

रुकुम । सडक सञ्चालनमा आएको १७ वर्षसम्म पनि खोलामा पुल नबनेको भन्दै समाजवादी मोर्चा रुकुम पश्चिमले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाको पितिवाङ्ग खोलाको मोटरेबल पुल छिटो निर्माण गर्न मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले ज्ञापन पत्र बुझ्दै पुल छिटो भन्दा छिटो निर्माणको काम थाल्न आफ्नो तहबाट पहल भइरहेको बताए । मुसिकोट नगरपालिका—११ र १२ मा पर्ने पितिवाङ्ग खोलाको पुल पहिलोपटक ठेक्का सम्झौता भएको ४ वर्ष भयो । तर, अहिलेसम्म कुनै प्रगति भएको छैन । राप्ती लोक मार्गमा यो पुल नबन्दा बर्षातको समयमा यात्रु तथा सवारी साधनहरु आवतजावतमा समस्या हुने गरेको छ ।  

संरक्षण निर्माण सेवा प्रालि र सडक डिभिजन कार्यालय चौरजहारी बिच २०७६ असारमा ४ करोड १२ लाख बढी रकममा निर्माण सम्झौता भए पनि अहिले पुलको काम अलपत्र अवस्थामा छ ।

मोर्चाको जनसंघर्ष कार्यक्रम अन्तर्गत ज्ञापन पत्र बुझाइएको र आगामी चैत ७ गतेभित्र निर्माणको कार्य सुचारु नगरे थप सङ्घर्षका कार्यक्रमहरू घोषणा हुने समाजवादी मोर्चा रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले बताए ।  

उनका अनुसार उक्त ज्ञापन पत्र जिल्लास्थित सबै प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद तथा सबै सरोकारवाला निकायहरूलाई पनि पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप