शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्स स्प्रिङ्ग एक्सचेञ्ज थप एक दिन सञ्चालन हुने

आइतबार, २७ फागुन २०८०, १९ : ०१
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि आयोजना गरेको स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमको समयसिमा थप गरिएको छ । ग्राहकको चाहना तथा ग्याल्पो ल्होसारको अवसरमा कार्यक्रमको समय सीमा एक दिन थप गरिएको कम्पनीको भनाई छ । 

यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ । स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् । 

यस एक्सचेञ्ज कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप