टाटा मोटर्स स्प्रिङ्ग एक्सचेञ्ज थप एक दिन सञ्चालन हुने
काठमाडौँ । टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि आयोजना गरेको स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमको समयसिमा थप गरिएको छ । ग्राहकको चाहना तथा ग्याल्पो ल्होसारको अवसरमा कार्यक्रमको समय सीमा एक दिन थप गरिएको कम्पनीको भनाई छ ।
यस कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरू साट्न सकिनेछ । स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।
यस एक्सचेञ्ज कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहकलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक अनुभव प्रदान गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण