सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनमा अजयको फिल्म शैतानले बनायो हाफ सेन्चुरी

सोमबार, २८ फागुन २०८०, १४ : ३८
सोमबार, २८ फागुन २०८०

नयाँ दिल्ली । बलिउड स्टार अजय देवगनको पछिल्लो फिल्म शैतानले हलहरूमा तहल्का मच्चाइरहेको छ । हिन्दी फिल्मका लागि बक्स अफिस त्यति दयालु देखिँदैन । तर अजयको नयाँ फिल्मले यो कुरालाई उल्टो साबित गर्दैछ ।

दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मले राम्रो कमाएको छ । आइतबार घरेलु बक्स अफिसमा फिल्मको कलेक्शन २०–२१ करोड भारु रहेको छ । ओपनिङ डेमा फिल्मले १५ करोड २१ लाख भारु कमाएको थियो । यो अनुमान गरिएको भन्दा निकै धेरै हो । 

फिल्मले पहिलो दिन १०–१२ करोड भारुको व्यापार गर्ने अनुमान गरिएको थियो । पहिलो दिननै सरप्राइज कलेक्शन गरेको फिल्मले दोस्रो दिन १९ करोड १८ लाख भारु कमायो ।

योसँगै तीन दिनको कारोबारमा फिल्मले हाफ सेन्चुरी बनाएको छ । शुक्रबार रिलिज भएको यो फिल्मले पहिलो सप्ताहन्तमा करिब ५५ करोड भारुको नेट कलेक्शन गरेको छच । 

सोमबार बक्स अफिसमा फिल्मको असली परीक्षा हुँदैछ । यो फिल्म ६०–६५ करोड भारुको बजेटमा तयार भएको बताइएको छ । यस सुपरनेचुरल थ्रिलरमा आर माधवनले भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा दक्षिण भारतकी चर्चित अभिनेत्री ज्योतिका फिमेल लिड हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप