तीन दिनमा अजयको फिल्म शैतानले बनायो हाफ सेन्चुरी
नयाँ दिल्ली । बलिउड स्टार अजय देवगनको पछिल्लो फिल्म शैतानले हलहरूमा तहल्का मच्चाइरहेको छ । हिन्दी फिल्मका लागि बक्स अफिस त्यति दयालु देखिँदैन । तर अजयको नयाँ फिल्मले यो कुरालाई उल्टो साबित गर्दैछ ।
दोस्रो दिनको तुलनामा तेस्रो दिन फिल्मले राम्रो कमाएको छ । आइतबार घरेलु बक्स अफिसमा फिल्मको कलेक्शन २०–२१ करोड भारु रहेको छ । ओपनिङ डेमा फिल्मले १५ करोड २१ लाख भारु कमाएको थियो । यो अनुमान गरिएको भन्दा निकै धेरै हो ।
फिल्मले पहिलो दिन १०–१२ करोड भारुको व्यापार गर्ने अनुमान गरिएको थियो । पहिलो दिननै सरप्राइज कलेक्शन गरेको फिल्मले दोस्रो दिन १९ करोड १८ लाख भारु कमायो ।
योसँगै तीन दिनको कारोबारमा फिल्मले हाफ सेन्चुरी बनाएको छ । शुक्रबार रिलिज भएको यो फिल्मले पहिलो सप्ताहन्तमा करिब ५५ करोड भारुको नेट कलेक्शन गरेको छच ।
सोमबार बक्स अफिसमा फिल्मको असली परीक्षा हुँदैछ । यो फिल्म ६०–६५ करोड भारुको बजेटमा तयार भएको बताइएको छ । यस सुपरनेचुरल थ्रिलरमा आर माधवनले भिलेनको भूमिकामा देखिएका छन् । फिल्ममा दक्षिण भारतकी चर्चित अभिनेत्री ज्योतिका फिमेल लिड हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण