अस्ताए ललितपुरमा रुचाइएका पूर्ववडाध्यक्ष व्यञ्जनकार
सोमबार, २८ फागुन २०८०, १५ : २७
काठमाडौं । ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। उपचारका क्रममा काठमाडौँको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आज निधन भएको ललितपुर महानगरले जनाएको छ।
ललितपुर महानगरपालिका वडा नम्बर १० मा ११ औँ पटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उनी सर्वाधिक १० पटक अध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् । वडामा उनी धेरै समय काम गर्ने रुचाइएका जनप्रतिनिधि हुन्।
उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए । तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका नरसिंह आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण