आफ्नो आलोचना गर्ने वसिम अक्रमलाई साहिन शाह अफ्रिदीको जवाफ
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली बलर साहिन शाह अफ्रिदीले आफ्नै राष्ट्रका चर्चित पूर्वक्रिकेटर वसिम अक्रमलाई गतिलो जवाफ दिएका छन् । वसिम अक्रमले आफ्नो आलोचना गरेको एक दिनपछि नै साहिन शाह अफ्रिदीले अर्धशतक बनाएर उनलाई गतिलो जवाफ फर्काएका हुन् ।
वसिम अक्रमले शनिबार साहिन शाह अफ्रिदीको ब्याटिङ निकै फितलो रहेकाले उनी ‘अलराउन्डर क्रिकेटर’ बन्न नसक्ने प्रतिक्रिया दिएका थिए । त्यसलगत्तै पाकिस्तान सुपर लिगको आइतबार रातिको खेलमा अर्धशतक बनाउँदै साहिन शाह अफ्रिदीले वसिम अक्रमलाई जवाफ फर्काएका हुन् ।
पाकिस्तान सुपर लिगमा साहिन शाह अफ्रिदी लाहोर कलन्दर्सका कप्तान पनि हुन् । उनले क्वेटा ग्लाडिएटर्सविरुद्धको खेलमा केवल ३४ बलको सामना गरी चार छक्का र दुई चौकाको मद्दतले ५५ रन बनाएका थिए । यसका बावजुद उक्त खेलमा साहिन शाह अफ्रिदीको टोली ६ विकेटले हारेको थियो ।
पाकिस्तान सुपर लिगमा साहिन शाह अफ्रिदीको यो दोस्रो अर्धशतक हो । खासगरी उनको कमजोर ब्याटिङलाई लिएर बेलाबखतमा आलोचना हुने गरेको छ । त्यसैले पछिल्लो समय उनले आफ्नो ब्याटिङ सुधार्न सक्दो प्रयास गर्दै आएका छन् ।
वसिम अक्रमले साहिन शाह अफ्रिदीको कप्तानीलाई लिएर पनि प्रश्न उठाएका थिए । वसिम अक्रमले टोलीमा उत्कृष्ट ब्याट्सम्यान हुँदाहुँदै उनीहरुलाई बेवास्ता गरेर आफै पाँचौँ नम्बरमा क्रिज समाल्न आउनु साहिन शाह अफ्रिदीको ठुलो गल्ति भएको आरोप पनि लगाएका थिए ।
‘तपाइँ अझै राम्रो अलराउन्डर बनिसक्नु भएको छैन,’ साहिन शाहप्रति इंगित गर्दै वसिम अक्रमले भनेका थिए, ‘टोलीमा विश्वस्तरका ब्याट्सम्यानहरु हुँदाहुँदै तपाइँ आफै पाँचौँ नम्बरमा क्रिज समाल्न आउनु हुन्छ । यो सरासर गलत हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण