शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बाबुआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा छु : मन्त्री चौधरी

सोमबार, २८ फागुन २०८०, १७ : ३७
सोमबार, २८ फागुन २०८०

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छन् ।

सोमवार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुगेकी मन्त्री चौधरीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नीतिगत सुधारमा ध्यान दिने बताएकी हुन् । उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन् । उनले सातै प्रदेशमा वृद्धहरूका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बाबुआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन् । 

उनले भनिन्, ‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरूको लागि वृद्धाश्रम खोल्ने । आफ्नो छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत भाग बाबुआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु । दिनानुदिन महिला हिंसाको घटना, चेलीबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ । बालविवाह, छोरी चेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ । महिलाको नीतिमा परिमार्जन गर्ने । अनुगमन गर्ने । ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ । जसले वस्तुगत अनुगमन गरोस् । महिला हिंसाको घटना हेर्नका लागि । महिला विकास विभागहरू जिल्लामा अगाडी बढाउनुपर्छ भन्ने सोचेको छु ।’

मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप