छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बाबुआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा छु : मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नीतिगत सुधारमा ध्यान दिने बताएकी छन् ।
सोमवार आफ्नो निर्वाचन क्षेत्र सुनसरी क्षेत्र नम्बर ३ मा पुगेकी मन्त्री चौधरीले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नीतिगत सुधारमा ध्यान दिने बताएकी हुन् । उनले आफ्नो मन्त्रालय मानव जीवनसँग सम्बन्धित संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुको हितका निम्ति नीतिगत परिमार्जन गर्नु आफ्नो प्राथमिकता हुने बताइन् । उनले सातै प्रदेशमा वृद्धहरूका लागि वृद्धाश्रम खोल्ने र छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत बाबुआमालाई दिनैपर्ने नीति ल्याउने योजनामा रहेको बताइन् ।
उनले भनिन्, ‘कामको सुरुवात गर्दा नीतिगत परिमार्जनमा मेरो पहिलो कार्यभार अथवा जिम्मेवारी रहनेछ । त्यतातिर ध्यान दिनेछु । मानव संवेदनशील मन्त्रालय भएको हुनाले त्यसको लागि काम कसरी गर्ने ? सातै प्रदेशमा वृद्धहरूको लागि वृद्धाश्रम खोल्ने । आफ्नो छोराछोरीले आफ्नो कमाइको ११ प्रतिशत भाग बाबुआमालाई गर्नुपर्ने भन्ने नीति ल्याउने योजना गरेको छु । दिनानुदिन महिला हिंसाको घटना, चेलीबेटी बलात्कार भएको घटना दिनानुदिन देख्छौँ । बालविवाह, छोरी चेली बाहिर लगिदिने घटना पनि भएकाले जघन्य अपराध गर्नेलाई कडा सजाय नीतिमै ल्याइदियो भने अलिकति डर हुन्छ । महिलाको नीतिमा परिमार्जन गर्ने । अनुगमन गर्ने । ७५३ वटै स्थानीय तहमा महिलाको विभाग छुट्टै हुनुपर्छ । जसले वस्तुगत अनुगमन गरोस् । महिला हिंसाको घटना हेर्नका लागि । महिला विकास विभागहरू जिल्लामा अगाडी बढाउनुपर्छ भन्ने सोचेको छु ।’
मन्त्री चौधरीले वर्तमान सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण